धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा | बैशाख ७, २०८१

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषाः  धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार साँझ विदेह नगरपालिका–७ बेलापट्टीमा मोटरसाइकल ठक्करबाट स्थानीय ६५ वर्षीय रामरतन मण्डल मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

 

पैदल हिँडिरहेका मण्डललाई ०२–००७प २९४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिनुभयो ।

 

मोटरसाइकल चालक  विदेह नगरपालिका–६ इकराहीका ३० वर्षीय रोहित मण्डल फरार छन् । उनको मोटरसाइकल भने प्रहरीले इकराहीबाट बरामद गरेको छ । मृतक वृद्धको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा सेमिफाइनल समिकरण पूरा भएको छ ।   बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतिय...

थप पढ्नुहोस्

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नीति, पद्धति, प्रविधि र प्रवृत्तिगत सुधारका प्रयासलाई  प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता रहेको बताउनुभएको छ ।   अख्तियार द...

थप पढ्नुहोस्